कक्षा १२ को परीक्षा आजदेखि

हेटौंडा टुडे
३० भाद्र २०७८, बुधबार १२:४५

हेटौँडा/  कोभीडका कारण बारम्बार स्थगित भएको कक्षा १२ को परिक्षा बुधबारबाट सञ्ञालन भएको छ । उक्त परिक्षा सञ्चालनको सम्पूर्ण तयारी भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना माहामारीलाई मध्यनजर गर्दै सबै कक्षा १२ को परिक्षा आफनै आफनै विद्यालयबाट दिन पाईने भएको छ । कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरूले अहिले परीक्षा दिन नपाएपनि उनीहरुका लागी पछि छुट्टै व्यवस्था गरिने बोर्डका अध्यक्ष पौडेलले बताए । त्यसका लागी संक्रमित विद्यार्थीहरुले आफू संक्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउनपर्ने छ । कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आजदेखि हुन लागेको हो । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको र प्रश्न पत्र साढे १० बजेभित्र अनलाइन माध्यमबाट प्रत्येक परीक्षा केन्द्रमा पु¥याइने बोर्डका अध्यक्ष डा। पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*