कोरोनाका कारण बन्द हेटौंडाका सिनेमा हल अशोज १ देखि खुल्ने

हेटौडा टुडे
३० भाद्र २०७८, बुधबार १३:२७

हेटौँडा/ कोरोनाका कारण बन्द भएका हेटौंडाका सिनेमा हल, दोहोरी साँझ तथा पिकनिकस्थल आगामी असोज १ गतेदेखि खुल्ला हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले असोज १ गतेदेखि नियमित रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सबै प्रकारका व्यवसाय संचालन गर्न पाउने जानकारी गराएको हो । खुल्ला गर्न भने सम्बन्धित संचालकले आवश्यक पूर्व तयारीका विधि एवम् मापदण्ड तयार गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गर्ने र सो पश्चात मात्र संचालन गर्ने व्यवस्था रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले बताए । प्रशासनले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै व्यवसाय संचालन गर्न दिइएको थियो । अब भने २४ औं घण्टा संचालन गर्न पाइने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*