भीमफेदीमा पाहा खोज्न गएका दुई युवकको लडेर मृत्यु

हेटौंडा टुडे
३० भाद्र २०७८, बुधबार १६:४४

हेटौँडा/ मकवानपुरको जङ्गलमा पाहा भ्यागुता प्रजातिको जीव खोज्न गएका दुई युवकको लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङ रहेका छन । पर्याप्त पाहा पाउने धुन्धुरे खोलाको भीरको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दीर्घ रोगहरुबाट मुक्त हुन पाहाको शिकार गरी मासु खाने चलन मकवानपुरका पहाडी बस्तीहरूमा छ । कैलाश, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ लगायत गाउँपालिकाहरुमा पाहाको शिकार हुने गरेको छ । रातमा मात्रै आहाराका लागि खोँचहरुबाट निस्कने पाहाको शिकारका लागि मानिसहरु जङ्गल जाने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*