
हेटौँडा/ बिहीबार हेटौंडा- १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ५० जनाको स्वाब संकलन गरिएको छ । कोरोना शंका लागेका ५० जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका छन । जसमा २३ जना महिला र २७ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए।


सेयर गर्नुहोस्