हेटौंडा उपमहानगरपालिकाबाट एकै वर्षमा ७५ हजार वटा सिफारिस, प्रत्यक वडाबाट अनलाइन घटना दर्ता

हेटौंडा टुडे
३१ भाद्र २०७८, बिहीबार १२:३३

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकामा एकै वर्षमा झण्डै ७५ हजार वटा सिफारिस भएका छन् । हेटौंडाका १९ वटा वडा मध्यमा १८ वटा वडा मार्फत अनलाइन व्यक्तिगत घटना दर्ताको काम हुँदै आएको छ ।

एउटा वडामा अनलाइन मार्फत व्यक्तिगत घटना दर्ताको काम सुरु गर्ने चरणमा रहेको छ । बितेको आर्थिक वर्षमा उपमहानगरपालिका कार्यालयका नागरिकहरूबाट माग भए बमोजिम ७४ हजार ७ सय ४१ वटा बिभिन्न प्रकारका सिफारिस सँग सम्बन्धित सेवा प्रबाह गरेको मेयर हरि बहादुर महतले वताउनुभयो ।

सिफारिस मध्यमा नागरिकता सँग सम्बन्धित ७ हजार ७ सय ७२ वटा, चौहद्दी सिफारिस १० हजार ५० वटा, नाता प्रमाणित १ हजार १ सय ८३ वटा, खानेपानी तथा बिजुली सँग सम्बन्धित सिफारिस ३ हजार ५ वटा, बस्तुगत बिबरण प्रमाणित ९ हजार ४ सय १८ वटा, जग्गा नामसारी सिफारिस १ हजार ८ सय ५४ वटा, नाता सम्बन्ध सिफारिस ८ सय ३४ वटा र अन्य सिफारिसहरु ४० हजार ६ सय २५ वटा रहेको मेयर महतले वताउनुभयो ।

यसैगरी यस उपमहानगरपालिका भित्र रहेका १९ वटा वटाहरु मध्ये १८ वटा वडा कार्यालयहरुबाट अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता सञ्चालन भई रहेको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलीयाले वताउनुभयो । बाँकी १ वटा वडा अनलाइन प्रणालीबाट सञ्चालन हुने क्रममा रहेको छ ।

गत आर्थिक वर्ष २०७७।०७८ मा अनलाइन तथा अफलाइन प्रणालीबाट दर्ता भएका घटना दर्ताहरु क्रमशः जन्म दर्ता तिन हजार ४ सय १८ जना, मृत्यु दर्ता एक हजार २ सय ८५ जना, विवाह दर्ता एक हजार ९ सय ५९ जोडीहरुले गरेका छन् । यसैगरी १ सय ३६ दम्पतीहरुले सम्बन्ध विच्छेद गरेका छन भने दुई हजार २ सय १७ परिवार बसाई सरी आएका तथा गएको थपलीयाले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*