हेटौँडा/ मकवानपुरमा बिहीबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर बिधि र २ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा २१ जनामा मात्र संक्रमण पुष्टि भएको हो । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ३६ जना कोरोना मुक्त भएका हुन ।
सेयर गर्नुहोस्

















