हेटौंडामा चालू रहेको सीसी क्यामेरा बिग्रियो

हेटौंडा टुडे
१ आश्विन २०७८, शुक्रबार १३:०६

हेटौँडा/ सुरुक्षा निगरानीका लागि जडान गरिएकोे हेटौंडाको ३९ वटा सीसी क्यामेरा बिग्रिएको छ । बिहिबार साँझदेखि परेको पानीले सीसी क्यामेरा बिग्रिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार मकवानपुर प्रहरीले निगरानी गर्दै आएको सीसीक्यामेरा नचलेपछि अनुगमन गरेको थियो । अनुगमनमा हेटौंडामा चलिरहेको ३९ वटा सीसीक्यामेरा बिग्रिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिग्रिएको सीसीक्यामेरा हेटौंडा उपमहानगरपालिकासँगको समन्वय गरेर मर्मत गरिने भएको छ । सीसीक्यामेरा अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रहरीले लिने गरेको छ । सीसीक्यामेरा बिग्रदा सुरक्षा चुनौती हुने प्रहरीले जनाएको छ । समृद्व समाजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*