हेटौंडा/ हेटौंडाका चार स्थानमा समुदाय स्तरीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको आयोजनामा समुदाय स्तरीय कानूनी शिक्षा अनुशिक्षण कार्यक्रम चार चरण गरि सम्पन्न भएको हो । समुदाय स्तरमानै गएर कानूनका बारेमा जानकारी दिने उदेस्यले हेटौंडाका चार स्थानमा कानूनी शिक्षा दिएको छ । पहिलो चरण–१७ नम्बर वडामा, दोश्रो चरण– १३ नम्बर वडामा, तेस्रो चरण–३ नम्बर वडामा र चौथो चरणमा हेटौंडाको गैरसरकारी संस्थाको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा हेटैंडा उपमहानगरपालिकाका उपमेयर तथा न्यायीक समितिका संयोजक मिना कुमारी लामा, हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपाने, न्यायीक समितिका सदस्यहरु इन्द्र नेपाल, बेगम बराल, उपमहानगरपालिकाका कानूनी सल्लाहकार मुकुन्द अधिकारी, कानून अधिकृत सुजन तिमल्सीना लगायतकाको आतिथ्यता रहेको थियो । न्यायीक समिितले हाल सम्म गरेका काम, न्यायीक समितिले गर्ने कामका विषयमा समुदाय स्तरमा जानकारी गराइएको थियो जनपत्रबाट साभार






















