बागमती प्रदेशमा हालसम्म ५० ऐन जारी

हेटौडा टुडे
१ आश्विन २०७८, शुक्रबार १३:२८

हेटौंडा/  बागमती प्रदेशमा हालसम्म ५० ऐन जारी भएको छ । प्रदेश राजपत्रमा जारी गरिएको ५१ ऐनमध्ये ११ वटा ऐनको संशोधन गरिएको छ । यसैगरी प्रदेशमा ३ वटा अध्यादेश प्रस्थिापन भएको छ ।

नियमावली २१ वटा जारी भएकोमा ९ वटा संशोधन भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यस्तै विनियमावली १, संसोधन १ गरी २ वटा जारी भएको छ । निर्देशिका २ वटा जारी भएकोमा १ संशोधन भएको छ ।

कार्यविधि १८ वटा प्रदेश सरकारले जारी गरेको छ भने ३ वटा संशोधन गरेको छ । मापदण्ड सम्बन्धी २ ऐन जारी भएको छ । ७ आदेश सरकारले जारी गरेकोमा ५ वटा संशोधन भएको छ भने २ वटा खारेजी भएको मन्त्रालयको उपसचिव नारन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*