हेटौँडाको बुद्ध चोकमा आइतबार दिउँसो संंगित थेरापी कार्यक्रम हुने

टुडे संवादाता
३ आश्विन २०७८, आईतवार ११:५०

हेटौँडा/बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले संविधान दिवस २०७८ को अवसरमा संगित थेरापी कार्यक्रम संचालन गरिने भएको छ ।
विभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्न आम नागरिकहरुलाई संगित थेरापी मार्फत तनाब मुक्त बनाउने उद्देश्यले आइतबार आज दिउँसो हेटौँडाको बुद्ध चोकमा संंगित थेरापी कार्यक्रम आयोजना गरिएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
बागमती देश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बागमती प्रदेश प्रहरी ब्याण्ड गल्मद्वारा विभिन्न सांगितिक धुनहरु मर्फत तनाबको ब्यवस्थापनको प्रयास गरीने हुँदा स्वास्थ्य सुरक्षाप्रति पूर्ण सावधानी अपनाउँदै उक्त कार्यक्रममा संलग्न हुन आम नागरिकहरुलाई सुसुचित गरिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*