प्रहरीद्वारा संविधान दिवसको अवसरमा हुप्रचौर र पशुपति मन्दिर सरसफाई

हेटौंडा टुडे
३ आश्विन २०७८, आईतवार १३:४७

हेटौँडा/ प्रहरीले संविधान दिवसको अवसरमा आइतबार हेटौंडाको हुप्रचौर र पशुपति मन्दिर सरसफाई गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय मातहतको बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटो मकवानपुरबाट खटिएको प्रहरीको टोली सरसफाइ गरेको हो ।

नेपालको संविधान जारी भएको ६ वर्ष पुरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालिन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ जारी गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*