बकैयामा गाई काट्ने १० जना पक्राउ

हेटौंडा टुडे
४ आश्विन २०७८, सोमबार १७:१२

हेटौँडा / मकवानपुर प्रहरीले गाई काट्ने १० जना मानिसलाई पक्राउ गरेको छ । प्रहरीले आईतबार बेलुकी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ मा नेपालको राष्ट्रिय जनावर गाई काटेका छन् भन्ने प्राप्त सूचनाको आधारमा १० जनालाई पक्राउ गरीएको मकवानपुर प्रहरी प्रवक्त प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरी टोलीले गाई काटी भाग लगाईरहेका  बकैया गाउँपालिका वडा नम्वर ४ बस्ने ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया–९ बस्ने वर्ष ५० की सञ्चमाया ब्लोन, वर्ष ४२ की फुलमाया थिङ, वर्ष १८ को सन्देस बिक, वर्ष ४० को सोमबहादुर तमाङ, बर्ष १९ को सोमार ब्लोन, बकैया–११ बस्ने वर्ष ३९ को जनकबहादुर ल्हो, वर्ष ४३ को राजकुमार घलान, बर्ष ४० को रबिन्द्र ल्हो र वर्ष ३३ को पम्पराज ल्हो लाई पक्राउ गरी थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*