
हेटौँडा/ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार ५ गतेको लागि मौंसमको अवस्था प्राय क्षेत्रमा आंशिक बदली हुने जनाएको छ । विभागका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य वदली हुनेछ । बागमती र सुदुरपश्चिम प्रदेशमा भने आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यस्तै, अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरु, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ ।
दिउँसोः देशभर सामान्य बदली भई बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

