हेटौंडाको युनिलिभरलाई कार्बाही प्रक्रिया सुरु

हेटौंडा टुडे
५ आश्विन २०७८, मंगलवार १२:०७

हेटौँडा/ हेटौंडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपाल लिमिटेडलाई खाद्ययप्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले कार्बाही प्रक्रिया सुरु गरेको छ । स्थानीय प्रशासनको नेतृत्वमा उद्योग परिषरमा छापा मारेर म्याद नाघेको चियापत्ति फेलापारेपछी त्यसको लेभल हेर्नका लागि खाद्यय तथा गुण नियन्त्रण बिभागमा जाँच गर्नका लागि पठाइएको थियो ।

बिभागले युनिलिभरमा मुजुल्का उठाएकै आधारमा कार्बाही गर्नका लागि निर्देशन दिए लगतै अनुसंधान अधिकारी तोकेर कार्बाही प्रकृया अगाडी बढाइएको खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जनाएको छ । अनुसंधान प्रकृया अली लामो हुने कानूनी व्यवस्था रहेकाले यस कार्यमा जुटेको कार्यालयले जनाएको छ । आम उपभोक्तालाई ठगि गर्नेगरी म्याद नाघेको चियापत्ति बजारमा बिक्री गर्ने तयारी गरिरहेको समयमा स्थानीय प्रशासन सहितको टोलीले उद्योगमै शिल गरेको थियो । युनिलिभरमा ३२ टन डेट एक्स्पायर चिया भेटिएपछि प्रशासने यही भदौ १७ गते सिल गरिएको थियो ।

हेटौंडा–३, बसामाडीमा रहेको बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चियापत्ति प्लाण्टमा स्थानीय प्रशासनले सिल गरेको थियो । युनिलिभरमा ३२ टन चियापत्तिमा शिल गरिएपनि अरु समेत गरेर म्याद नाघेको तीन हजार बोरा चियापत्ति रहेको छ ।
अनुगमनका क्रममा गरिएको शिलवन्दी अहिलेनै कायमनै रहेको वताइएको छ ।

भारतबाट आयात गरिएको म्याद गुज्रिएको ९डेट एक्स्पायर० चियापत्तिलाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्राण्डमा बजार पठाउने गरेको फेला पारिएसँगै सिल गरिएको थियो । विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ति प्लाण्टमा अनुगमन गरेको बताईएको छ ।

अनुगमनको क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९ सय २० बोरा ९३२ टन २ सय केजी० अन्य कम्पनीका मिश्रित चियापत्ति ३ हजार बोरा भन्दा बढी चियापत्ति फेला पारिएको थियो । युनिलिभरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख सोमकान्त रिजाल सहितको टोलीले चियापत्ति उत्पादन गर्ने उद्योगमा सिल गरिएको थियो । अनुगमन टोलीका अनुसार सन् २०१९ मा उत्पादित चियापत्ति सन् २०२० को जुन् महिनाभित्र प्रयोग गरिसक्नु पर्ने जनाएको छ ।

म्याद गुज्रिएको डेढ बर्ष भईसकेको चिया पुनः रिप्याकेजिङ गर्नु उपभोक्ता माथिको ठगी रहेको भन्दै सिलवन्दी गरिएको थियो । नेपाली आम जनताको भान्सामा बहुर्राष्ट्रिय कम्पनीको विश्वासका साथ प्रयोग गर्दै आएकोमा यसले उद्योगको उत्पादन माथि नै प्रश्न उठेको र नेपाली उपभोक्ताहरुलाई ठगी गरिरहेको उपभोक्ताकर्मीहरुको भनाई रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्न लागि परेको अभियोजनमा मुद्दा अघि बढाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न २०७६ कार्तिक १७ गते मातहत कार्यालयलाई निर्देशन दिएको छ । यस अघि मकवानपुरमा हुने गरेको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएको सामग्री सोझै नष्ट गर्ने गरेको थियो ।

तर युनिलिभरका डेट एक्स्पायर चियापत्ति नष्ट नगरी परीक्षणका लागि विभाग पठाउनुले यो विषयलाई कमजोर बनाउन लागेको उपभोक्ताकर्मीहरुको आरोप रहेको छ । यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले अभियोजन गर्न र मुद्दालाई थप बलियो बनाउन परीक्षण गर्न लागिएको दाबी गरेको छ । जनपत्रबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*