
हेटौँडा/ सेप्टेम्बर २१ अर्थात विश्व शान्ति दिवसको अवसरमा स्थानीय स्काउट भीमफेदी द्वारा भीमफेदी गाउँपालिका वडा नं। २ त्रिखंडी पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय स्काउट संयोजकको सभाध्यक्ष र स्थानीय स्काउट प्रमुख तथा भीमफेदी गाउँपालिकाको उपप्रमुख पार्वती राना प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रमुख अतिथिले बिरुवा रोपेर कार्यक्रम उद्घाटन भएको थियो
कार्यक्रममा बोल्ने क्रममा स्काउटको विभिन्न गतिबिधिहरु एकदमै राम्रो रहेको र आगामी दिनमा स्थानीय स्काउट प्रमुखबाट खेल्नु पर्ने सम्पूर्ण भूमिकामा ढुक्क रहन आग्रह गर्नु भएको थियो ।
देखिंदा एकदमै सामान्य भए पनि वृक्षारोपणबाट ग्लोबल वार्मिंग हुन नदिने, प्राकृतिक सन्तुलन हुनुको साथै मानबिय जिबन संग जोडिएको हुनाले यस्ता क्रियाकलापहरुमा संलग्न हुन पाउँदा धेरै खुशी मिलेको स्काउट प्रदेश सदस्य तथा स्काउट केन्द्रीय सहायक प्रशिक्षक तथा कार्यक्रमको बिशिस्ट अतिथि अशोक शारु मगरले बताउनु भयो ।
वृक्षारोपण कार्यक्रममा प्रदेश स्काउट कार्यालय प्रमुख शोभा लामिछाने, भैंसे सब डिभिजनका रेन्जर निश्चल घिमिरे
,भैंसे प्रहरी चौकीका ट्राफिक प्रहरी श्याम पटेल, अनिल अधिकारी लगायतको उपस्तिथी रहेको थियो ।

