
हेटौँडा/ नेपाल स्टक एक्सचेन्ज नेप्से मा मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर आईपीओ सूचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीको आईपीओ भोलिबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुला गरेको थियो ।

सेयर गर्नुहोस्