संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

हेटौडा टुडे
५ आश्विन २०७८, मंगलवार १४:५०

हेटौँडा/ नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा)नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।वरिना माओवादी जनयुद्धमा लागेकी नेता हुन् । पछिल्लो सफल उद्यमीका रुपमा परिचित छिन् ।

सो अवसरमा अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा लिएर अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै माओवादीमा रहेका कार्यकर्ता एमालेमै समाहित हुनुपर्ने बताए ।

नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल,मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*