हेटौंडा अस्पताल व्यवस्थापन समितिलाई सेवा सुधार गर्न मानव अधिकार समुहको ध्यानाकर्षण

हेटौंडा टुडे
५ आश्विन २०७८, मंगलवार १४:५२

हेटौँडा/  हेटौंडा उपमहानगरपालिस्तरीय मानव अधिकार समुहले अस्पतालको सेवा सुधारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिलाई ध्यानाकर्षपत्र बुझाएको छ ।

सोमबार समुहकी संयोजक चन्द्रवती अधिकारीलगायत समुहका सदस्यहरुको टोलीले प्रतिष्ठानका रजिष्टार एवम् अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई सेवा सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनौपचारीक सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालय अन्तरगत हेटौंडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समुहले अस्पतालमा सेवा प्रवाहमा अस्पतालका डाक्टर तथा कर्मचारीबाट भएका लापर्वाहीलगायत स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो ।

समुहले स्वास्थ्य बीमा गरेका विरामीहरुले बीमाबापत निःशुल्क पाउनुपर्ने औषधीमध्ये सस्ताखाले औषधीहरु मात्रै उपलब्ध हुने गरेको र महंगा औषधीहरु अन्य फार्मेसीहरुबाट किन्नुपर्ने बाध्यता रहेकाले नागरिकले बीमाबापत पाउने सुविधा बन्चित हुनु परिरहेको हुँदा यसलाई सुधार्नका लागि अनुरोध गरेको छ ।

यस्तै ओपिडीमा खटिने डाक्टरहरुले आज भ्याइदैन भन्दै अर्को दिन तोकेर बिरामीलाई फिर्ता पठाउने गरेको र आफू निजी अस्पतालहरुमा व्यक्तिगत काममा जाने गरेको गुनासो आएकाले यसलाई सुधारका गर्न, ओपिडी कक्षहरु फोहर र दुर्गन्ध आउने गरेको पाइएकाले सरसफाईमा बढी प्राथमिकता दिन, हेटौडा उपमहानगरपालिका विभिन्न वडाहरुमा केही दिनअघि कुकुरले टोकेर मानिसहरुलाई घाइते बनाएको र घाइतेहरुको उपचारमा ध्यान नदिई भरतपुर र काठमाडौँ रिफर गरिएकाले जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिन, इमरजेन्सी तथा ओपिडी कक्षमा आउनेहरुप्रति स्वास्थ्यकर्मीहरुको बोलीवचन र व्यवहार राम्रो नभएकाले स्वास्थ्यकर्मीको बोली वचन सुधारका लागि ध्यान दिन अनुरोध गरिएको समुहकी संयोजक अधिकारीले जानकारी दिइन् ।

ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रतिष्ठानका रजिष्टार एवम् अस्पताल संचालन तथा व्यवस्थापन समितका अध्यक्ष राजेश प्रसाईले पत्रमा भएका कुरा बाहेक अस्पतालमा थुप्रै सुधार गर्नुपर्ने कुराहरु भएकाले यसलाई गम्भीरतापूर्वक लिने र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन । सो अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुँडाल, अस्पतालका मेसु रामचन्द्र सापकोटालगायतको सहभागिता थियो । भने, टोलीमा समुहका सहसंयोजक किरण लामिछाने, सदस्यहरु यदुवंश खतिवडा, ज्ञानु खतिवडा, धुब्र हाडा, अन्जु तितुङ, राधिका चौलागाईलगायतको सहभागिता थियो । खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*