हरीगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कारबाट खड्का सम्मानित

टुडे संवादाता
६ आश्विन २०७८, बुधबार २३:५०

हेटौंडा । राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २५ औँ साधारण सभा तथा १२ औँ केन्द्रीय अधिवेशनको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, मकवानपुरका निवर्तमान अध्यक्ष तथा टिम टेलिभिजनका सिनीयर क्यामरा म्यान कपिल खड्का सम्मानित भएका छन् ।

हरीगोपाल प्रधानद्वारा स्थापित एन एफ पिजे हरीगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार मनोरंजन फोटो पुरस्कार २०७७ खड्कालाई प्रदान गरिएको हो ।

मनोरञ्जन विधाको यो पुरस्कार एक समारोहका बीच काठमाडौँ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले खड्कालाई प्रदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*