
हेटौँडा/ हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट बिहीबार ४३ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना शंका लागेका ४३ जनाको स्वाब संकलन गराएका हुन । जसमा २० जना महिला र २३ जना पुरुष रहेका छन । सङ्कलन गरीएको स्वाब परिक्षणको लागी हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।

सेयर गर्नुहोस्