
हेटौँडा/ साताको चौथो दिन बिहिबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ५ सयले घटेको छ । बुधबार सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । भने आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको सुनचादीँ व्यवसायी महासघंले जनाएकोे छ । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार १५० रुपैयाँ कायम भएको छ ।
बिहिबार चादीँको मुल्मा सामान्य गिरावट आएको छ । चादीँको मुल्य १० रुपैयाँले घटेर तोला मूल्य ११५५ रुपैयाँमा कारोबार भईरहेको सुनचादीँ व्यवसायी महासघंले जनाएको छ ।

सेयर गर्नुहोस्