गढी गाउँपालिकामा हालसम्म ३७८ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
७ आश्विन २०७८, बिहीबार १४:२७

हेटौँडा/ मकवानपुरगढी गाउँपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा गढी गाउँपालिका वडा नंम्बर ५ का एकजना पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परिक्षणबाट गढी गाउँपालिकामा १ जनमा कोरोना पुष्टि भएको हो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल ३७८ जनामा संक्रमण पुष्टि भईसकेको छ । हिजो बुधबार सम्ममा ३६८ जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् भने हिजोको दिनसम्ममा १० जना सक्रिय संक्रमित रहेका छन । जस मध्येमा संक्रमित मध्ये १० जना होमआईशोलेसनमा उपचाररत रहेको छन। बुधबार सम्म मकवानपुरगढी गाउँपालिका भरमा ५ जनाको मृत्यु भैइसकेको छ । हिजोमात्र १४ दिन पूरा गरि ३ जना संक्रमणमुक्त भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*