बिहीबार थप २८ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२०७८ आश्विन ७, बिहीबार १५:५९ गते

हेटौँडा/ मकवानपुरमा बिहीबार २८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३४ जनामा गरिएको पिसीआर परिक्षणमा २५ जनामा र ५१ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २० जना रहेका छन् । यस्तै, थाहानगरपालिकाका ५ जना, मनहरी गाउँपालिकाका १ जना र बकैया गाउँपालिकाका २ जना रहेका छन् । यस्तै, बिहीबार होम आइसोलेसनमा बस्ने ३३ जना र संस्थागत आइसोलेसनमा बस्ने २ जना कारोना संक्रमित कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*