सेयर बजार झिनो अंकले वृद्धि

हेटौँडा/ साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ। आज २.७० अंकले सेयर बढेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।
आज २.७० अंकले बढेर नेप्से परिसूचक २ हजार ८ सय.६५ अंकमा सिमित भएको छ। सेयर बजार ०.१० प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार ८ सय १९.६५ अंकमा सीमित भएको हो। आज १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।