लागुऔषध गाजाँ सहित २ जना पक्राउ

हेटौडा टुडे
७ आश्विन २०७८, बिहीबार १६:३८

हेटौँडा/  मकवानपुर प्रहरीले लागु औषध गाजाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका- ११ बाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका वडा नंम्बर-९ बस्ने ३१ बर्षीय मोहन स्याङतान र सोहि ट्रकमा सवार जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नंम्बर-३ बस्ने २४ बर्षीय प्रसान्त कार्की रहेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थानाभर्‍याङ स्थितमा पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेकोमा बिग्रीई थानाभर्‍याङमा मर्मत गर्दै गरेको ना ३ ख ५९५० नंम्बरको ट्रकबाट १७५ किलो लागुऔषध गाजाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*