
हेटौँडा/ शुक्रबार हेटौंडा-१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ३१ जनाको स्वाब संकलन गरिएको छ। कोरोना शंका लागेका ३१ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका हुन । जसमा १६ जना महिला र १५ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए।

सेयर गर्नुहोस्