
हेटौंडा/ नेपाली बजारमा शुक्रबार छापावाला सुनको मूल्यमा ६०० रुपौयाले गिरावट आएको छ । गत बिहिबार सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज शुक्रबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । यस्तै, तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेको छ । हिजो प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर एक हजार १६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।


सेयर गर्नुहोस्