मकवानपुरमा शुक्रबार थप ९ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
८ आश्विन २०७८, शुक्रबार १७:४८

हेटौँडा/ मकवानपुरमा शुक्रबार ९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४७ जनामा गरिएको पीसीआर परिक्षणमा ९ जनामा संक्रमण देखिएको र ७ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण देखिने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । शुक्रबार होम आइसोलेसनमा बसेका २ जना र संस्थागत आइसोलेसनमा बसेका ५ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*