हेटौँडा/ मकवानपुरको बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका १० जना मध्ये एक जना थुना मुक्त भएका छन् । थुना मुक्त हुनेमा बकैया ९ का १६ वर्षीय सन्देश बिक रहेका छन् ।
बिक नाबालक भएको कारण थुना मुक्त गरिएको आवश्यक परेको बेला प्रहरी कार्यलय उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले खबरब्रेकलाई बताए ।
प्रवक्ता रिमालले भने,‘नाबलक भएको कारण थुनामै राखि अनुसन्धान गर्नुपर्छ भन्ने छैन भनेर माथवर व्यक्तिको जिम्मा लगाई पठायौं । हामीले खोजेको बेलामा उपस्थित गराउने जिम्मेवारी लिने परिवारका सदस्यलाई जिम्मा लगायौं ।’
उनले पक्राउ परेर जेलमा रहेका अन्य ९ जना माथि आवश्यक अनुसन्धान भईरहेको समेत बताए । उनले पक्राउ परेकालाई जिल्ला अदालतबाट १४ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको र आवश्यक परेको अवस्थामा थप म्याद थप गरेर २४ दिन पुर्याउने तयारी समेत रहेको बताए ।
कसरि पक्राउ परे बालक बिक रु
गाई काटेको आरोपमा प्रहरीले घटनस्थल र वरिपरिकालाई पक्राउ गरेको बिकका आफन्तको भनाई छ ।
‘बालक उक्त घटना भएको दिन दिउँसो साथिहरु संग खोला खेल्न गएको साँझ फर्कने बेला साथिहरु संगै घटना स्थल पुगेको रहेछन् बिकका आफन्तले भने,अध्यारो हुँदै थियो घटनास्थलमा प्रहरी आईपुग्यो प्रहरी देख्नसाथ बिकका साथिहरु भागे,उनि भागेनन् । प्रहरीले सोधपुथ नगरि जिल्ला लगेछन् । हामीलाई घटना भएको भालिपल्ट छिमेकीले भनेपछि थाहा भो ।’
बालक बिकको परिवारमा कुखुरा र खशि बाहेक अन्य जनावरको मासु पकाएको र खाएको खाएको थाहा छैन्,विना कारण गाई काटेर घरमा मासु लैजना आएको भनेर नाबालकलाई समेत प्रहरीले पक्राउ गर्यो,ति आफन्तले भने ।
गएको आईतबार बकैया-११ को स्वबिमा गाई काटेको विषेश सूचना प्राप्त भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले टोलीले घटनास्थलबाट ५० केजी गाईको मासु सहित बालक विक सहित १० जनालाई गाई काटेको आरोपमा पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा बकैया-११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो,सोहि स्थानका ३५ वर्षीय राज लो,४० वर्षीय रबिन्द्र लो,सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान,४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने १९ वर्षीय सोमार भोलन,५० वर्षीया सन्च माया भोलन, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुल माया थिङ रहेका थिए । उनिहरुलाई जिल्ला प्रहरी कार्यलय मकवानपुर र ईलाका प्रहरी कार्यलय फापरबारीबाट ११ जनाको प्रहरी टोलीले आईतबार साँझ पक्राउ गरेको थियो ।
बकैयामा मरेको गाई खाल्टो खनी व्यवस्थापन गरिरहेका स्थानीयलाई गाई काटेको आरोपमा पक्राउ परेका १० जनालाई विना सर्त रिहाई गरः घलान
हेटौंडामा थिङले प्रचण्डलाई सम्झिदै भने जनयुद्धमा गाई काटेर खान हुने अहिले किन यस्तो
खबरब्रेकबाट साभार






















