
हेटौँडा/ मकवानपुरगढी गाउँपालिकामा कोरोना विरुद्वको खोप लगाईने भएको छ । असोज १२ देखि १४ गतेसम्म कोभिड १९ विरुद्धको खोप लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताए ।
लामिछानेका अनुसार यस अघि भदौ १७ र १८ गते भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई असोज १२ गते खोपको दोश्रो मात्रा लगाइने छ भने यस अघि खोप नलगाएका ४० वर्ष माथीका पालिकामा बसोबास गर्ने सबै नागरिक तथा १८ वर्ष पूरा गरेका विद्यार्थीहरुलाई भेरोसिल खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।
गाउँपालिकाको ८ ओटै वडाका स्वास्थ्य संस्थामा खोप लगाईने हुनाले आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउन सकिनेछ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्ने गाउँपालिकाले आज प्रकाशित गरेको सुचनामा जनाइएको छ ।


सेयर गर्नुहोस्