माधव नेपालले हेटौंडा आएर भने,”यो खबर बालकोट पुग्य ओलिको सातो जान्छ ।”

टुडे संवादाता
९ आश्विन २०७८, शनिबार १५:४९

हेटौंडा नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले आजको यो खबर बालकोट पुग्यो भने केपि ओलिको सातो जाने बताएका छन् ।  शनिवार (आज)  हेटौंडामा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले “पाँच दश जना हुनुहुन्छ भन्ने लगेको थियो तर हलमा भन्दा बढि मानिस बाहिर रहेकोले यो खबर बालकोट पुग्यो भने केपि ओलिको सातो जाने बताएका हुन्  ।

हेटौंडाको भईरहेको एकीकृत समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले देशमा नै युवाहरको लहर आएको बताउनु भएको छ । जनताले अहिले एकीकृत समाजवादी पाटिलाई आशाको नजरले हेरिरहेको बताउनु भएको छ । अध्यक्ष नेपालले केपी ओलीको कारण एमालेमा फुट भएको र उनले एकल निर्णय गरेको कारण आफुले नया पार्टी समाजवादी नेपाल कम्युनिस्टको जन्म भएकाृ बताउनु भयो ।

हाल नेकपा एमालेमा हुकुमी शासन मात्रै रहेको र एमालेमा बिचारको छलफल, बहस भन्दा पनि व्यक्तिको हुकुमी शासन बताएका छन् । साथै संगठन सुदृढिकरण र जनताका समस्या समाधानमा खटिन जिल्लाका नेता कार्यकर्तालाई अध्यक्ष नेपालले निर्देशन दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*