नदी उत्खनन कार्यमा संलग्न जेसिबि र ट्याक्टर प्रहरी नियन्त्रणमा

हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडामा जथाभाबी नदी उत्खनन गरी बालुवा बोकेको ट्याक्टर र जेसिबी चालक सहित ३ जनालाई पक्राउ गरेको छ। शनिबार राति हेटौंड-६ स्थित कर्रा खोलामा बालुवा उत्खनन गरिरहेको ना ७ त ३०८२ नम्बरको ,ना ७ त ३०८३ नम्बरको ट्याकटर सहित उत्खननमा प्रयोग भएको ना १ क ६८०३ नम्बरको जेसिबि सहित ट्याकटर तथा जेसिबि चालकलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर डिएसपी रिमालले जनाएका छन ।
नियन्त्रणमा लिएको ट्याक्टर, जेसिबि तथा चालकलाई आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समितिलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।