
हेटौँडा/ शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज यर बजार सूचक मापक नेप्से ६१.२७ अंकले घटेको छ भने सूचक २७५८.४८ बिन्दुमा झरेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये फाइनान्स सर्वाधिक ५.८९ प्रतिशतले घट्दा जलविद्युत ४.३० प्रतिशत, ब्यापार, लगानी तीन प्रतिशत धेरै र होटल तथा टुरिजम्, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त, र जीवन बीमाको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । म्यूचुअल फण्डको सूचक मात्रै ०.२१ प्रतिशतले बढेको छ । कारोबारमा आएका सामुहिक लगानी कोषको उपसमुहगत सूचक बाहेक सबै १२ वटै सूचक घटेसँगै नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो । आइतबार अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ ।


सेयर गर्नुहोस्