हेटौँडा/ नेपाल निजामती कर्मचारी संगठन मकवानपुरले कार्यालयमा तालाबन्दी गरेकोमा आपत्ति जनाउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
आफ्नो केन्द्रीय कार्यालय तालबन्दी गरेकोमा आपत्ति जनाउँदै उनीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला अध्यक्ष सहदेव आचार्य र सचिव प्रकाश पौडेलद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा ‘कुण्ठा र पूर्वाग्रहले संगठन विरोधी क्रियाकलाप गर्न उद्धत रहेका अराजक झुण्डले २०७८ असोज ४ गते दिनको ४ः४५ बजे नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय कार्यालय बबरमहलमा आई उछ्श्रृंखल नारावाजी गर्ने, संगठनको व्यानर र झण्डा च्यात्ने, ढुंगामुडा गनेै जस्ता अपराधिक कार्य गर्नेलाई कानूनी कारवाही गर्नुको सट्टा उल्टै संगनका आधिकारिक पदाधिकारी सदस्यहरुलाई कार्यालयभित्रैबाट पक्राउ गरी प्रहरी प्रशासनले कृत्रिम विवादको बहाना बनाई कार्यालयमा ताबन्दी गरेकोप्रति संगठन घोर निन्दा, आपत्ति एवं भत्सना गर्दछ ।’–भनिएको छ ।
विज्ञप्तिमा विधानसम्मत निर्वाचित पदाधिकारी र सदस्यलाई सहज कामकाज गर्ने वातावरण बनाईदिन अनुरोध गर्दै अन्यथा आन्दोलन गर्न बाध्य हुने र यसबाट सिर्जित परिणामको जिम्मेवार सरकार स्वयं हुने जनाईएको छ । ज्ञापन पत्र बुझाउन प्रशासनमा केन्द्रीय सदस्यसहित जिल्लाका कार्यसमितिको टोली पुगेको थियो । प्रस्ट खबरबाट






















