विभिन्न माग गर्दै मकवानपुर क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

हेटौंडा टुडे
२०७८ आश्विन १२, मंगलवार १२:०६ गते

हेटौँडा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववीयू) मकवानपुर क्याम्पसले विभिन्न माग गर्दै मंगलबार क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । अनेरास्ववीयूले कोभिडको प्रतिकुल अवस्थामा पनि जुमको माध्यमबाट अध्ययन अध्यापन गराएकोमा क्याम्पस प्रशासनलाई धन्यवाद दिँदै सयौँ विद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा सबै विद्यार्थीहरु इन्टरनेटको पहुचमा रहन नसकेकोले ती दिनमा सञ्चालनमा आएका कक्षाहरुको रिभिजन कक्षा संचालन गर्न माग गरेको छ । ध्यानाकर्षण पत्रमा हाल क्याम्पसमा भौतिक उपस्थितिमा पढाइ भएपनि स्वास्थ्य मापदण्डको न्यूनतम प्रयोग भएको देखिएकोले क्याम्पसको मुल गेटमा सेनिटाइजर र मास्कको उचित व्यवस्थापन गर्नुका साथै विद्यार्थीहरुको स्वास्थ्यसँग खेलवाड हुने गरी कुनै पनि कार्य नगर्न भनिएको छ ।

अनरास्ववीयूले रिभिजन कक्षा संचालन गर्न, सेनिटाइजर र मास्कको उचित व्यवस्थान गर्न र नियमित कक्षा संचालनको माग गर्दै क्याम्पस प्रमुख शंकर उपाध्यायलाई ध्यानाकषर्ण पत्र बुझाएको हो ।

यस्तै, वाणिज्य संकायमा अध्ययन विद्यार्थीहरुको नियमित कक्षा संञ्चालन नभएको र उक्त कक्षा भोलीदेखि नियमित संचालन गर्न अनेरास्ववीयूले माग गरेको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*