बस र विङ्गर ठोकिँदा नौ जना घाइते, चारको अबस्था गम्भीर

हेटौंडा टुडे
२०७८ आश्विन १२, मंगलवार १३:४७ गते

हेटौँडा/ कपिलवस्तुको बाणगङ्गा नगरपालिका ४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठोकिँदा नौ जना यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा। ४ ख २४४८ नम्बरको बस र लु। १ ज ३००६ नम्बरको विङ्गर मङ्गलवार बिहान ५ः३० बजे ठोकिएका थिए । दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताउनुभयो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा विङ्गर चालक बाणगङ्गा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक छन् । यसैगरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्तीमगर र वर्ष २३ का अर्जुन बुढामगरको अवस्था गम्भीर छ । उहाँहरुलाई थप उपचारका लागि बुटवल लगिएको कार्कीले बताउन भयो । सामान्य घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*