सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटयो

हेटौँडा/ नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । गत मगंलबार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ। । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।