बुधबार जितिया पर्व मनाइँदै

हेटौडा टुडे
१३ आश्विन २०७८, बुधबार १२:५३

हेटौँडा/  मैथिली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मंगलबार मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । मैथिली र थारु समुदायका महिलाले मंगलबार बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन् । बर्तालुले बिहान चार बजे ओंगठन ९दही चिउरा सक्खर सहितको प्रसाद खाएर० खाएर बुधबार साँझ पाँच बजेसम्मका लागि उपवास सरु गरेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ ।

आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको पुजारी पाठकले बताए । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । उनले भन, यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास क्रममा व्रती महिलाले अन्न जल केही पनि ग्रहण नगरी उपवास बस्ने र भगवान ‘जिमतुवाहन’ को पूजाअर्चना र कथा वाचन र श्रवण गर्छन् । नवव्रती पहिलो पटक व्रत बस्ने महिला लाई भगवान ‘जिमतुवाहन’ले भोक, तिर्खा लगाउने र शरीरमा विभिन्न कठिनाई उत्पन्न गराई परीक्षा लिने गरेको जलेश्वर नपा–८ का व्रती ५५ वर्षीया राजवती देवीले बताइन् । तर दृढ संकल्प, विश्वास र भगवानप्रतिको ध्यानमा लागि रहनेलाई केही पनि नहुने र सफलतापूर्वक व्रत समापन हुने विश्वास समेत उनले बताइन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ । ईकान्तिपुरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*