दसैंको मुखमा महंगियो भान्सा, तरकारीको भाउ सातामै सतप्रतिशत वृृद्धि

हेटौडा टुडे
१३ आश्विन २०७८, बुधबार १६:२२

हेटौँडा/ दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५ र २० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुुगेको समितिले जनाएको छ । समितिका अनुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुुगेको समितिले जनाएको छ ।

समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई माग बढेकाले महँगो भएको हुनसक्ने बताए । उनले भने, ‘तरकारी आयातमा कुनै समस्या छैन नियमित निर्वाध रूपमा तरकारी आइरहेको छ ।’

उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजनले तरकारी पर्याप्त आउँदा पनि उपभोक्ता महँगीको मार सरकारको बजार अनुुगमन प्रभावकारी नहुँदाको परिणाम रहेको बताए । विभागका महानिर्देशक प्रकाश पौडेलले तरकारीको कारोबारमा हुने तह घटाउन सके मात्रै मूल्य नियन्त्रण हुने बताए । अहिलेको समस्या उत्पादन किसानदेखि उपभोक्तासम्म आइपुुग्दाबीचको तहमा रहनेले बजारको माग हेरेर मूल्यमा बढी चलखेल गर्ने गरेको र यसलाई हटाउन नसक्दा मूल्य समस्या आइरहेको उनको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*