हेटौँडा/ बिहीबार हेटौंडा-१० गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ३३ जनाको स्वाब संकलन गरिएको छ। कोरोना शंका लागेका ३३ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका हुन । जसमा १४ जना महिला र १९ जना पुरुष रहेका छन । संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।
सेयर गर्नुहोस्