
हेटौँडा/ वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको आयोजनामा हेटौंडा-१० बसपार्कमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ। केन्द्र हेटौंडा-१० बसपार्कमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रमको आयोजन गरिएको हो।
सामुदायिक प्रहरी सेवा उपसामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा-१० बसपार्कका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षतामा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले वडा प्रहरी कार्यालयले हालसम्म गरेको कार्य विवरण प्रस्तुत गरेका थिए भने मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले नागरिकबाट आएको पश्नको र चाडवाड लक्षित सार्वजनिक तथा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा हेटौंडा २ का वडासदस्य महेश्वरमान श्रेष्ठ, हेटौंडा-१० का वडासदस्य साधना श्रेष्ठ,हेटौंडा-४ का वडासदस्य राजेन्द्र कुमार वस्ताकोटी,आदर्श टोल विकास संस्थाका अध्यक्ष शान्ता गजुरेल,अधिकारकर्मी शर्मिला श्रेष्ठ,सविन भट्टाचार्य लगायतकाले वडामताहतमा हुने अपराधजन्य कार्य र लागुऔषध दुर्व्यसन नियन्त्रणको बारेमा मन्तव्य व्यक्त गरेका थिए।
