३२ अंकले घट्यो सेयर बजार

हेटौँडा/ साताको अन्तिम दिन बिहीबार पुनः ओरालो लागेको छ। आज ३२.५१ अंकले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३३.४२ विन्दुमा सीमित भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो बुधबार ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा कारोबार भएको सेयर कारोबार बिहीबार ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा सीमित भएको छ। आज ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएको छ।
आज ट्रेडिङ उपसमूह ३.९२ प्रतिशत, अन्य ०.२७ प्रतिशत र म्युचल फण्ड ०.१९ प्रतिशतले बढेका छन्। अन्य उपसमूहहरु भने राताम्मे छन्। अर्थात घटेका छन्। सबैभन्दा बढी फाइनान्स २.९८ प्रतिशतले घटेको छ।