बागमती सरकारले सार्वजानिक यातायातको भाडा बढाउने तयारी

हेटौंडा टुडे
२०७८ आश्विन १५, शुक्रबार ११:१५ गते

हेटौँडा/ बागमती प्रदेश सरकारले सार्वजानिक यातायातको भाडादर बढाउने तयारी गरेको छ । पेट्रोलियम पदार्थका कारण भाडा बढ्ने वा घट्ने सम्भावना ३५ प्रतिशत मात्र भएको र ६५ प्रतिशत अन्य कारण रहेको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले नियमावली र प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा अब भाडादर समायोजन हुने जानकारी दिए । भाडादर समायोजन लागि प्रदेश सरकारले कार्यदलनै बनाएर काम अगाडि बढाएको उनले बताए । मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको थियो । अब भाडा समायोजनको अन्तिम निष्कर्ष आएपछि सार्वजनिक सवारीको नयाँ भाडा निर्धारण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*