• मकवानपुरगढी गाउँपालिका

असोज १९ गते बाट मकवानपुरगढीमा रनिङ्ग शिल्ड फुटबल हुदै

हेटौडा टुडे
१५ आश्विन २०७८, शुक्रबार ११:४९

हेटौँडा/ मकवानपुर गढी ३ मा सक्रिय रहेको गढी स्टार स्पोर्ट क्लबले मकवानपुर गढी गाउपालिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको आयोजना गरेको छ । गढी गाउपालिका भित्रका बिद्यालय, समूह , सङ्घ संस्था सस्थाका कर्मचारिहरुको बिचमा मात्र हुनेछ भने विद्यार्थीहरुको समुह दर्ताको मानेमा सम्बन्धित विधालयको सर्टिफिकेट अनिवार्य गरिएको छ ।

 

खेलमा बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उपबिजेता समुहले नगद ३५००० सहित र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी दिइने आयोजक गढी स्टार स्पोर्ट क्लबका खेल संयोजक बिदुर हुमागाइले बताए ।

प्रतियोगिता यहि १९ गतेदेखि २३ गतेसम्म संचालन गरिने क्लबले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएको हो । खेल सम्बन्धि सम्पूर्ण जानकारी सहित ८ वटै वडाहरुमा पत्राचार गरिएकोले सम्बन्धित वडा कार्यालयमा गई खेल सम्बन्धि बुझ्न सकिने छ ।

क्लबले १६ गते दिउसो ३ बजे सम्म समूह दर्ता गर्ने र साझ ५ बजे खेल तालिका प्रकाशन गरि १९ खेल उद्घाटन समारोह आयोजना गर्दै सोहि दिनबाट लिग चरणको खेल सुरु गर्ने र २३ गते शनिवार फाइनल तथा समापन कार्यक्रम गर्ने तालिका सार्बजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*