शनिबार हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिबिर संचालन,उपचार गर्न आउनेहरुको भिड

हेटौंडा टुडे
१६ आश्विन २०७८, शनिबार ११:०७

हेटौँडा/ शनिबार हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिबिर संचालन भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग बिशेषज्ञबाट आज शिबीर सञ्चालन गरिएको हो ।

शिबीरको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर मतले यो शिबीर कै कारण मकवानपुरका मुटुका विरामीहरुलाई उपचार गराउन सहज भएको बताए । हेटौंडामा मुटुरोगका डाक्टर नभएपछी शिबिर मार्फत बिरामीलाई सेवा दिइएको हो ।

मुटुका बिरामीले उपचार गराउनका लागि काठमाण्डौं, भरतपुर जानुपर्ने समस्या अहिले हटेको छ । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा शिबीर भइरेको छ । शिबीरमा मकवानपुरको गाउँगाउँबाट बिरामी जाँच गर्न आउनेहरु धेरै रहेका छन् ।

मुटुरोग सम्वन्धी ७ जना बिशेषज्ञ डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले शिबीरमा आएका करिब पाँच सय जनालाई उपचार गर्ने लक्ष्य लिर्र्ईएको छ । मुटुरोगको परिक्षणसंगै ल्याबमा परिक्षण, औषधि समेत निशुल्क उपलब्ध गराइएको छ ।

निशुल्क शिबीरका लागि जिल्लाका दश वटै स्थानीय तहबाट बिरामीले दुइदिन देखि नाम टिपाएको र आज पनि नाम लेखाउनेहरुको भिड बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*