
हेटौँडा / वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराले हेटौडा–२ मा रहेको वनस्खण्डी मन्दिरको सरसफाई गरेको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत र ६६ औं नेपाल प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाइ गरिएको हो ।
मन्दिरको प्रवेशद्वार देखि मन्दिर चढ्ने सिढी र मन्दिर परिसरमा रहेका पातपतिङ्गर हटाई सफाई गरिएकोर सरसफाई गरेपश्चात नजिकिएको चाडवाडमा मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयलाई सहयोग पुग्ने हिसाबले सरसफाई कार्यक्रम गरिएको हो ।
सरसफाई कार्यक्रममा वनसखण्डी सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष भवसागर श्रेष्ठ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी,स्थानीय तथा प्रहरी कर्मचारीको सहभागिता थियो ।

सेयर गर्नुहोस्