हेटौँडा/ मकवानपुरको धार्मिक पर्यटकिय स्थलको रुपमा हेटौंडा–५ को ढुङ्गेधारालाई विकास गरिने भएको छ । ढुङ्गे धाराको महत्त्वसहित दुर्गादेवीको दरबारको रुपमा विकास गरिने भएको हो ।
ढुङ्गेधारा पर्यटन बिकास मन्चको अध्यक्ष इशोर ढकालले जिल्लाको नयाँ पर्यटकिय क्षेत्रको पहिचानसहित, हरेक उमेर समुहको लागि बस्ने, हिँड्डुल गर्ने पार्क, ठुलो शिवको मुर्ती लगायत भौतिक संरचना निर्माण हुने बताउनुभयो । अहिले ढुङ्गेधारा पर्यटकको गन्तव्य भएको भन्दै अध्यक्ष ढकालले देशविदेशबाट पनि भक्तजन, पर्यटक आउने खालको संरचना बनाइने बताउनुभयो ।
हेटौंडा–५ नम्बर वडा कार्यालयको सहयोगमा मन्दिरको पर्खाल, सिँढी लगायतको काम भइरहेको छ ।
शनिबार ढुङ्गेधारा पर्यटन बिकास मन्चको आयोजनामा भएको वडादशैं, दीपावली, नेपाल सम्बत तथा छ्ट पर्वको शुभाकामना आदानप्रदान कार्यक्रममा हेटौंडा –५ का वडा अध्यक्ष राजेश बनियाँले वडाले सकेको सहयोग गर्ने बताउनुभयो । यस्तै हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले पर्यटकिय क्षेत्रको विकासमा उपमहानगरले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा ढुङ्गेधाराको विकासको लागि स्थानीय स्तरबाटै
सहयोग जुटेको छ । नेपाली कांग्रेस हेटौडा ५ कमिटीका कमल राईले सात हजार सात सय रुपैयाँ, भूतपूर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुधिर थापाले १५ हजार रुपैयाँ र शिव थापाले चार हजार एक सय रुपैयाँ ढुङ्गेधारा पर्यटन विकास मन्चलाई सहयोग गर्नुभएको थियो । समृद्व समाजबाट