गुराँस पोलिक्लिनिकमा प्रशासनको ताला

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार ११:१२

हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौंडा स्थित राप्तिरोडमा संचालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा मकवानपुर जिल्ला प्रशासन कार्यलयले ताला लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमन क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि बिक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएको हो ।

संचालकले कर्मचारीको आवशयक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको हो। अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।

अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*