कस्तो रहला आजको मौसम ?

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार ११:३७

हेटौँडा/  देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

दिउँसोः देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*