शनिबार भएको निःशुल्क मुटुरोग शिविरमा ६ सय जनाले लिए सेवा

हेटौडा टुडे
१७ आश्विन २०७८, आईतवार १२:०८

हेटौँडा/ हेटौंडा अस्पतालमा शनिबार भएको निःशुल्क मुटुरोग शिविरमा ६ सय जनाले सेवा लिएका छन् । निःशुल्क सेवा लिएका ६ सय नाममध्ये ८० प्रतिशत नागरिकमा मुटु समस्या देखिएको छ । शिविरमा स्वास्थ्य जाँच गरिएका ३० जना बिरामीलाई काठमाडौं नै गएर मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । मुटुको समस्या हुनेमा १५ वर्षभन्दा मुनिका ३ जना बालबालिकासमेत रहेका छन् । यी बिरामीहरुको मुटुको भल्भ फेर्नुपर्ने तथा भल्भ साँधुरो भएकाले आवश्यक उपचार गर्नुपर्ने शहीद गंगालाल राष्ट्रिय हदयरोग केन्द्रका डाइरेक्टर चन्द्रमणि अधिकारीले जानकारी दिए । यस्तै, शिविरमा जाँच गराउन आएका बिरामीहरुमध्ये १ सय जनाको इको कार्डियो तथा ३ सय ३० जनाको इसीजी मेसिनमार्फत् ६ जाँच गरिएको जनाइएको छ ।

मदनमण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बासबारी काठमाडौंका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको जाँच गरेका थिए । शिविरमा के शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका ७ जना विशेषज्ञ चिकित्सक र ४ जना प्राविधिकहरुद्वारा सेवा प्रदान गरिएको थियो ।

शिविरमा बिरामी जाँच गरिसके पछि भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बारे जानकारी दिएका हुन् । उनले बाथ, सुगर, उच्च रक्तचाप, मधुमेहलगायतका कारणले पनि मुटुमा समस्या हुने जानकारी दिँदै ८० प्रतिशत नागरिकमा मुटुको समस्या देखिएको बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*